२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली सेनाको खोज तथा उध्दार कार्य जारी अपडेट

काठमाडौं । २०८० कार्तिक १७ गतेको २३:५० बजे जाजरकोट जिल्लाको बारिकोट गा.पा.-१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प लगत्तै प्रभावित ईलाकामा नेपाली सेनाको खोज तथा उध्दार टोली परिचालन भएको । जाजरकोट र पश्चिम रुकुममा परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उध्दार कार्य जारी राखेको ।

परिचालित फौजले मृतकहरुको शव उध्दार गर्नुको साथै घाईतेहरुको उध्दार गरी अस्पताल पठाउने कार्य गरिरहेको । साथै काठमाडौँ, सुर्खेत र नेपालगन्जमा डा. अधिकृत र स्वास्थ्य सामाग्री सहितको टोली थप उध्दार कार्यको लागि स्ट्याण्डबाइ राखिएको तथा घाइतेहरुको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा. अधिकृतको टोली तयारी हालतमा रहेको ।

भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उध्दार कार्य गर्न NA-057 MI हेलिकप्टरबाट काठमाडौँ-चौरजहारी ३ जना डाक्टर सहित १६ जना, NA-016064 स्काइ ट्रक, काठमाडौँ चौरजहारी १६ जना, NA-061 BELL हेलिकप्टरबाट सुर्खेत लामिडाँडा ३ जना, NA-038 MI हेलिकप्टरबाट काठमाडौँ-चौरजहारी २६ जना मेडिकल टिम सहितका फौजहरू परिचालन भएका छन् ।

परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उध्दार कार्य निरन्तर जारी राखेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस