२०८१ असोज ८ गते मङ्गलवार | 2024 September 24th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रुकुम र जाजरकोट सडकमार्गबाट सम्भव छैन उद्धार, ठाउँठाउँमा खसको पहिरो हटाउने काम द्रुत

Landslides in Rukum and Jajarkot

काठमाडौं । गएराति गएको भूकम्पले रुकुम र जाजरकोट सडकमार्गका विभिन्न सडकखण्डमा साना ठूला पहिरोहरु खसेका छन् । कतिपय सानो पहिरो पन्छाइसकिएको छ भने कति पहिरो हटाउने काम भइरहेको छ ।

सडक विभागका अनुसार जाजरकोटको रिम्नास्थित भेरी नदीको पुलको एप्रोच स्लाबमा क्षति भएको जानकारी आएको छ । रिम्ना नजिकै तीनवटा सुख्खा पहिरोले अवरुद्ध सडक खुलाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

एउटा पहिरो हटाइसकेको र भेरी कोरिडरमा चाँडै यातायात खुल्ने सुपरिटेन्डेन्ट इन्जिनियर श्याम खडकाले जानकारी दिए । छेडा–जाजरकोट खण्डमा रहेको पहिरोहरु हटाउने काम भइरहेको र राप्ती राजमार्गमा खासै समस्या नरहेको सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए । उनका अनुसार खलंगा–पाँचकटिया खण्डमा भने पहिरो हटाउन अझै ४–५ घण्टा समय लाग्ने देखिएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस