२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाको सनाखत (नामावली)

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी रुकुम पश्चिम जिल्लामा मात्र ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा क्षति पुगेको छ । सो नगरपालिकामा २३ जना महिला र १९ जना पुरुष गरी ४२ जनाको मृत्यु भएको छ । बाँकी १० जना सानीभेरी गाउँपालिकाका छन् । सो गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुषको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस