२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उद्धार तथा स्वास्थ्यकर्मीको चार टोली प्रभावित क्षेत्र पुग्यो, थप टोली स्ट्यान्डबाइ : नेपाली सेना

१८ कात्तिक, काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पलगत्तै नेपाली सेनाले उद्धार कार्य तीव्र बनाएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सेनाले रातिबाटै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेको बताएको छ ।

जाजरकोट र पश्चिम रुकुममा परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ । परिचालित फौजले घाइतेहरुको उद्धार गरी अस्पताल पठाइरहेको छ भने मृतकहरुको शव समेत निकालिरहेको जनाएको छ ।

काठमाडौं, सुर्खेत र नेपालगन्जमा डाक्टर र स्वास्थ्य सामाग्रीसहितको टोली थप उद्धार कार्यको लागि स्ट्याण्डबाइ राखिएको तथा घाइतेहरुको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा. अधिकृतको टोली तयारी हालतमा रहेको जानकारी दिएको छ ।

सेनाका अनुसार भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धारका लागि हेलिकप्टरबाट काठमाडौंबाट चौरजहारीमा ३ जना डाक्टरसहित १६ जना, स्काइ ट्रकमार्फत चौरजहारीमै काठमाडौंबाट थप १६ जना, हेलिकप्टरबाट सुर्खेत लामिडाँडामा ३ जना र हेलिकप्टरबाट काठमाडौंबाट चौरजहारीमा अरु २६ जना मेडिकल टिम सहितका फौजहरू परिचालन भएका छन् । ‘परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्य निरन्तर जारी राखेको छ,’ सेनले भनेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस