२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारी पुष्टि भए बमोजिम भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते

  1. १८ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटका अनुसार भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यु भएको छ ।

यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।

गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस