२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जाजरकोट पुगेका एमाले उपमहासचिवले घाइते भेटेर नआत्तिन ढाडस दिए, पार्टीपंक्तिमा सहयोगको अपिल

Deputy General Secretary of UML reaching Jajarkot says not to panic injured

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल नेतृत्वको केन्द्रीय टोलीले जाजरकोट जिल्ला अस्पताल पुगेर भूकम्पमा परी घाइते भएकाहरुलाई भेट गरेको छ ।

उपमहासचिव रिमालले अस्पालतमा उपचार गरारहेका घाइतेहरूलाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका हुन् । उपमहासचिव रिमालले जाजरकोट जिल्लास्थित एमालेको पार्टी पंक्तिलाई सम्पूर्ण ध्यान प्रभावित जनतालाई राहत र सहयोग गर्नमा केन्द्रित गर्न निर्देशन दिए ।

उनले रुकुम पश्चिमका एमाले नेताहरुलाई समेत भेटेर सहयोगमा खट्न निर्देशन दिएको टोलीमा सहभागी केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । एमालेले मंसिरमा गर्ने मध्यपहाडी राजमार्ग केन्द्रीत यात्रा अभियानका लागि सम्भाव्यता अध्ययन गर्न हिजो शुक्रबार दैलेख पुगेको टोली जारकोटमा भूकम्पको कारण ठूलो जनधनको क्षति पुगेको जानकारी पाएसँगै आज जाजरकोट पुगेको हो ।

टोलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे जानकारी लिएको छ । एमालले यसअघि नै पार्टी पंक्तिलाई उद्वार र राहतमा लाग्न निर्देशन दिइसकेको छ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस