२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

परिवारका चारजनाको हत्यापछि विक्षिप्त भई भागेका दीपक भेटिए

Deepak came home from Qatar mass murder of his wife and three children in Mugu Nepal

मुगु । परिवारका चारजनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चारजना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका थिए ।

मानसिक रूपमा विक्षिप्त भएपछि कुनै अप्रिय घटना नघटोस् र होस सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै उनका कान्छा ससुरा खेमबहादुर रावलको जिम्मा लगाएको थियो । दीपकले हत्या गरिएकी श्रीमती र तीन छोराछोरीको शव परीक्षण सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए । तर सम्झाई बुझाई गर्दा उनले टाउको हल्लाएको इसारामा नै गाउँलेहरुले शव बुझेर दाहासंस्स्कार गरिदिए ।

दीपक बिहीबार राति ८ बजे छायानाथ रारा नगरपालिका–४ भामवाडा गाउँमा एक आफन्तको घरमा भेटिएका हुन् । उनी अहिले प्रहरी र नगर प्रहरीको निगरानीमा नगरप्रमुख विष्णुकुमार भामसँग रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मुगुस्थित छायानाथ रारा–६ मन्दु गाउँमा २८ वर्षीया श्रीमती श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, आठ वर्षीया छोरी अप्सरा बोहरा र आठ महिने छोरा रहर बोहराको हत्या भएको थियो ।

यही कात्तिक १० गते हत्या भएको सूचना पाउनेबित्तिकै प्रहरीको टोलीले घरभित्र खोजी गर्दा आमासहित तीन सन्तानको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस