२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यसरी भएका छन् जाजरकोटमा भूकम्पका लगातार ४ झटका रेकर्ड

जाजरकोट । जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको छ। त्यसपछि लगातार ३ वटा भूकम्पका झडकाहरु गएका छन्।

भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार शुक्रबार राति ११ः ४७, १२: ०८, १२: २९,१२: ३५ गरी ४ पटक क्रमश: ६.४, ४.५, ४.२, ४. ३ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्। प्रहरीका अनुसार जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।

त्यस्तै पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस