२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोसीको मन्त्रीपरिषद् विस्तार, नसोचेकालाई जुर्यो मन्त्री पद

Expansion of Kosi's Council of Ministers

काठमाडौं । कोसी प्रदेशको मन्त्रिपरिषद् बिस्तार गरिएको छ । आज कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद् बिस्तार गरेका हुन्।

नयाँ मन्त्रीहरूमा माओवादी केन्द्रबाट गणेश उप्रेती (सुशील) र नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जवेगुलाई मन्त्री नियुक्त गरिएको छ। आफू मन्त्री हुन्छु भन्ने तत्काल नलागेको अवस्थामा पद पाएको उनीहरुले प्रारम्भिक प्रतिक्रिया दिएका छन् । नव नियुक्त मन्त्रीहरूले आजै प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषद्मा एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शम्शेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन् । चारै मन्त्रीहरूको कार्य विभाजन भने अझै भएको छैन।

 

 

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस