२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालसँगै ओमानपनि विश्वकपमा छानियाे

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसियाबाट नेपाल र ओमान छनोट भएका छन्।

एसिया छनोटमा आज भएका सेमिफाइनल जित्दै नेपाल र ओमानले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान पक्का गरेका हुन्।

नेपालले मुलपानी मैदानमा युएईमाथि ८ विकेटको जित निकाल्यो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हरायो। अब नेपाल र ओमानबीच टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आइतबार कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस