२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेदरल्यान्ड्सलाई हराउँदै अफगानिस्तान पाँचौँ स्थानमा उक्लियो, सेमिफाइनल पुग्ने सम्भावना के छ ?

After defeating the Netherlands Afghanistan moved up to the fifth position

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार तेस्रो जित निकालेको छ । आज शुक्रवार लखनउमा भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हरायो ।

नेदरल्यान्डसले दिएको १ सय ८० रनको लक्ष्य अफगानिस्तानले ३१ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले नटआउट ५६ रन बनाए । यस्तै रहमत शाहले ५२ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भाव बीक, रोल्फ भान डेर मेरवे र सकिब जुल्फिकरले समान १ विकेट लिए ।

यसअघि लखनउमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा १ सय ७९ रनमा समेटियो । नेदरल्यान्ड्सका साइब्रान्ड एन्गेलब्रेक्टले सर्वाधिक ५८ रन बनाए । यस्तै म्याक्स ओडाउडले ४२ र कोलिन एकरमानले २९ रन जोडे । बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ३ र नूर अहमदले २ विकेट लिए ।

यो जितसँगै ७ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । नेदरल्यान्ड्स उति नै खेलमा ४ अङ्कसहित आठौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस