२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्रिकेटको १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा

Nepal reached the World Cup by beating UAE will take revenge against Oman in the final

काठमाडौं । विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ। तीन प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।

गत वैशाख ५ देखि १८ गतेसम्म भएको एसिसी पुरूष प्रिमियर कपका लागि ७९ लाख, २०७९ फागुन १२ देखि १८ गतेसम्म भएको आइसिसी यु–१९ पुरूष सिडब्लुसी– एसिया क्वालिफायरका लागि ४६ लाख र आइसिसी सिडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार निकासा भएको हो।

सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडी लगायतलाई बधाइ दिँदै पुरस्कारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई धन्यवाद दिए। साथै शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई उनले बधाइ दिँदै फाइनलमा सफलताका लागि शुभकामना दिए।

 

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस