२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशीमा सहमतीय सरकारको विकल्प छैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेश सरकार चाँडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने विश्वास
Kedar Karki

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले वर्तमान प्रदेश सरकार विशिष्ट परिस्थितिमा बनेको भन्दै प्रदेशमा सहमतीय सरकारको विकल्प नभएको बताउनु भएको छ । बिहीबार नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गर्नेलाई आफूले नबिर्सने भन्नुहुँदै यसअघिका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउन गरेको अभ्यासलाई पूरा गर्न आफू लागिपरेको जानकारी दिनुभयो । कोशी प्रदेशको सरकार चाँडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने विश्वास पनि कार्कीको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस