काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।
भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ । त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ । प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिए ।