२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डोटीमा मजदुर चढेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, १९ जना घाइते

Road Accident

धनगढी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

बुधबार साँझ भीमदत्त राजमार्गअन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षका सालिन राना मास्केमगरको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार ट्याक्टरमा २५ जना मजदुर सवार थिए ।

उनीहरू १९ जना घाइते भएका छन् भने अन्य ५ जना सकुशल छन् । घाइते भएकाहरूलाई थप उपचारका लागि धनगढी ल्याइएको छ । उनीहरू मध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् । १४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस