२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट : यसरी हेर्नुहोस् नतिजा

FPO Allotment of Mirmire Microfinance

१६ कात्तिक, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको हो ।

कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् । यीमध्ये ६ जनाले कुल ११-११ कित्ताका दरले एफपीओ पाएका छन् भने बाँकीले १०-१० कित्ताका दरले पाएको मर्चेन्ट बैंकिङले जनाएको छ । लघुवित्तले सर्वसाधारणका लागि असोज २५ देखि ३० गतेसम्म प्रतिकित्ता १ सयका दरले १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निस्कासन गरेको थियो । कुल १३ लाख २० हजार २०३ आवेदक स्वीकृत भएका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस