२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलमा अर्को संकट, बहराइनद्धारा गाजा आक्रमणको विरोधमा राजदूत फिर्ता

यसअघि बहराइनको संसदले बहराइनका लागि इजरायली राजदूतले पनि देश छोडेको र दुई देशबीचको आर्थिक सम्बन्ध पनि स्थगन भएको जानकारी दिएको थियो ।
GAZA

काठमाडौं । इजरायलको नयाँ अरब मित्रराष्ट्र बहराइनले गाजामा भएको हवाई हमलाप्रति आपत्ति जनाउँदै राजदूतलाई फिर्ता बोलाएको छ । यसअघि बहराइनको संसदले बहराइनका लागि इजरायली राजदूतले पनि देश छोडेको र दुई देशबीचको आर्थिक सम्बन्ध पनि स्थगन भएको जानकारी दिएको थियो । सन् २०२० मा ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्ने चार अरब लीग देशहरूमध्ये एउटाले इजरायलविरुद्ध अक्टोबर ७ पछि कडा कदम उठाएको यो पहिलो पटक हो ।

अमेरिकी मध्यस्थताबाट दुवै देशबीच सम्बन्ध सामान्य बनाउने सहमति अनुसार दुई देशबीचको सम्बन्ध थप बलियो पनि हुँदै थियो । उक्त सम्झौतालाई इजरायल र अरब देशहरूबीचको दशकौं पुरानो द्वन्द्व कम गर्न कोसेढुङ्गा मानिए पनि बहराइनमा प्यालेस्टिनी जनताको पक्षमा ठूलो प्रदर्शन भएसँगै यो कदम चालिएको हो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस