२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादी केन्द्रीय सदस्य तथा पूर्व सांसद उमा विश्वकर्मा एमाले प्रवेश

Maoist central member and former MP Uma Bishwakarma joins UML

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् । उनी कपिलवस्तुकि हुन् । पूर्व सांसदसमेत रहेकी विश्वकर्मा मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् ।नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वकर्मालाई टीका लगाई एमालेमा स्वागत गरेका हुन् ।

उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन् । एमाले प्रवेशसँगै माओवादी कपिलवस्तुलाई गम्भीर धक्का लागेको छ। उनी सहिद परिवारको सदस्य पनि हुन् । बाल्कोटमा भएको पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य गिरधारीलाल न्योपाने, जिल्ला अध्यक्ष डम्मर शर्मा लगायत सहभागी थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस