२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold price today nepal

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य घटेर कारोबारमा आएको छ । यससँगै, सुनको मूल्य आज लगातार तेस्रो दिन घटेको महासंघले जनाएको छ ।

आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ४५० रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो । हिजो मंगलबार सुनको मूल्य तोलामा ५०० र सोमबार तोलामा ५०० रुपैयाँले नै मूल्य घटेको थियो । यस्तै, आज मूल्यमा प्रतितोला ३५ रुपैयाँले घटेको छ ।

यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार १४ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस