२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकपमा आज ‘हाइभोल्टेज’ खेल

south africa and netherlands today match

एजेन्सी । आइसिसी विश्वकप २०२३ मा आज उपाधिका दुई दाबेदार दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ : १५ मा पुणेमा सुरु हुनेछ । दक्षिण अफ्रिका न्युजिल्यान्डलाई हराउँदै सेमिफाइनल यात्रा पक्कै जस्तै गराउन चाहन्छ । न्युजिल्यान्ड पनि दक्षिण अफ्रिकालाई हराउँदै विश्वकपमा सेमिफाइनल सम्भावना एक कदम टाढा बनाउने सोचमा हुनेछ । यस विश्वकपमा दुबै टोलीले सानदार ब्याटिङ प्रदर्शन गरेका छन् । दुबै टोलीमा उत्कृष्ट ब्याटर र तीव्र गतिका बलर छन् ।

त्यसैले यस खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । न्युजिल्यान्ड पछिल्लो खेलमा अष्ट्रेलियासँग ५ रनले पराजित भएको थियो । जितको लागि ३ सय ८९ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा ३ सय ८३ रन बनाउन सकेको थियो । उक्त प्रदर्शनले न्युजिल्यान्डको मनोबल उच्च छ ।

युवा ब्याटर रचिन रविन्द्रले उक्त १ सय १६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । पहिलो खेलमै रचिनले इंग्ल्यान्डविरुद्ध १ सय २३ रन बनाएका थिए । यस विश्वकपमा रचिनले ४ सय ६ रन बनाई सकेका छन् । रचिनले आज पनि खेलमा राज गर्नसक्छन् । उता दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि ककले तीन शतकसहित ४ सय ३१ रन बनाई सकेका छन् । डिककले विश्वकपपछि सन्न्यास लिए प्रतियोगिता अघिनै घोषणा गरेका थिए । त्यसैले उनी यस विश्वकपलाई विशेष बनाउन चाहन्छन् ।

न्युजिल्यान्डका डर्याल मिचेलले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले ६ खेलमा ३ सय २२ रन बनाएका छन् । अष्ट्रेलियाविरुद्ध जेम्श निशमले ५८ रन बनाउँदै थप हौसला प्रदान गरेका थिए । ओपनर डेभन कन्वे चलेको खण्डमा न्युजिल्यान्डलाई हराउन मुश्किल पर्नसक्छ ।

कन्वेले इंग्ल्यान्डलाई हराउन १ सय ५२ रनको अविजित शतकीय इनिङ खेलेका थिए । न्युजिल्यान्ड टम लाथम, मार्क च्यापम्यान र ग्लेन फिलिप्सबाट मध्यक्रममा सानदार प्रदर्शन चाहन्छ । उता दक्षिण अफ्रिकाको मध्यक्रम झन् मजबुतछ । युवा ब्याटर एडेन माक्ररम, हेनरिक क्लासेन र रास्सी भानर डर डुसेन जस्ता भरपर्दा ब्याटर छन् । यी तीनै ब्याटरले जारी विश्वकपमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन् । माक्ररम घातक बन्नसक्छन् । उनले मध्यक्रममा लगातार जिम्मेवारी इनिङ खेल्दै आएका छन् । श्रीलंकाविरुद्ध ४९ बलमै शतक हानेका थिए ।

दक्षिण अफ्रिको तल्लोकम ब्याटिङ पनि मजबुत छ । डेविड मिलर जस्ता चर्चित फिनिसर टोलीमा छन् । मिलरले एकै ओभरमा खेललाई मोड्न सक्छन् । मार्को यानसनले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । न्युजिल्यान्डमा ट्रेन्ट बोल्ट, लोकी फर्गुसन र म्याट हेनरी जस्ता तीव्र गतिका बलर छन् । उता दक्षिण अफ्रिकामा कागिसो रबाडा, लुन्गी एनगिडी, मार्को यानसन र जेराल्ड कोट्जी जस्ता तीव्र गतिका बलर छन् । दुबै टोलीमा विश्वस्तरिय तीव्र गतिका बलर छन् । दुबै टोलीमा उच्च लयमा रहेका सुपरस्टार ब्याटर र बलर हुँदा यसलाई हालभोल्टेज खेल पनि मानिएको छ ।

न्युजिल्यान्डको स्पिनरमा मिचेल सान्टनार र पार्टटाइममा रचिनबाट स्पिन गराउनेछ । उता दक्षिण अफ्रिका तबरेज शाम्सी र केशव महाराज छन् । न्युजिल्यान्डको भन्दा दक्षिण अफ्रिकाको स्पिन आक्रामण मजबुत देखिन्छ । न्युजिल्यान्ड ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका आज विजयी भएमा शीर्षस्थानमा उक्लिनेछ । भारत ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ ।

अष्ट्रेलिया ६ खेलमा ८ अंकका साथ चौथो स्थानमा छ । दक्षिण अफ्रिकाले आजको खेलपछि आइतबार भारत र १० नोभेम्बरमा अफगानिस्तानसँग खेल्नेछ । उता न्युजिल्यान्डले आजको खेलपछि शुक्रबार पाकिस्तान र ९ नोभेम्बरमा श्रीलंकासँग खेल्नेछ । दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुग्न एक र न्युजिल्यान्डलाई दुई जित आवश्यक पर्ने देखिन्छ ।

हेड टु हेड :

विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच ८ खेल भएको छन् । न्युजिल्यान्ड ६ र दक्षिण अफ्रिका २ खेलमा विजयी भएका छन् । न्युजिल्यान्डले १९९९ को विश्व कपपछि दक्षिण अफ्रिकासँग हारेको छैन ।

आज लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जनबोली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस