२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फिफा विश्वकप २०३४ साउदी अरेबियामा हुने

FIFA World Cup 2034 will be held in Saudi Arabia

एजेन्सी । फिफा विश्वकप २०३४ साउदी अरेबियामा हुने निश्चित भएको छ । विश्वकप आयोजना गर्नका लागि साउदीको मात्र आधिकारीक दावी प्रस्तुत गरेपछि विश्वकप साउदीले आयोजना गर्ने पक्का भएको हो । अस्ट्रेलियाले अन्तिम समयमा पेश नगरेपछि यो निर्णय सम्भव भएको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो इन्स्टाग्राम मार्फत यस बारे पक्का समेत गरेका हुन् । ‘फुटबलले विश्वलाई अन्य कुनै खेलजस्तो एकतावद्ध गर्दछ, विश्वकप एकता र समावेशीकरणको सन्देशको लागि उत्कृष्ट माध्यम हो’ उनले लेखे। ‘साथै विभिन्न संस्कृतिहरू कसरी सँगै हुन सक्छन् र एकअर्कालाई राम्रोसँग सिक्न र बुझ्न सक्छन् भन्ने महत्त्वपूर्ण दृष्टान्त प्रदान गर्दछ ।’

कुनै भोटिङ वा दोस्रो दावी नभएतापनि उनले साउदीले विश्वकप आयोजना गर्ने निर्णय “रचनात्मक संवाद र व्यापक परामर्श” का साथ गरिएको बताएका छन्। आज नै फिफाको एक विज्ञप्तिमा २०२४को अन्तिम क्वाटरमा २०३४को आयोजक घोषणा हुने भनेतापनी इन्फान्टिनोले भने आफ्नो व्यक्तिगत रूपमा घोषणा गरेका हुन्।

२०२२ मा कतारमा भएको विश्वकप जस्तै नोभेम्बर महिनामा २०३४को विश्वकप हुने धेरैले आँकलन समेत गर्न थालिसकेका छन्। यसले गर्दा युरोपेली फुटबल संरचनाले आफ्नो तालिका पुनः परिवर्तन गर्नु पर्ने हुन्छ। २०२६को विश्वकप क्यानाडा, अमेरिका र मेक्सिकोमा हुँदैछ। यस्तै २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने छ। यसका साथै विश्वकप सुरुवात भएको १०० वर्ष मनाउन २०३० संस्करणमा अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पहिलो तीन खेल हुने समेत फिफाले बताएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस