२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मावि शिक्षकलाई गाउँपालिका अध्यक्ष सरहको मर्यादाक्रम, तृतीय श्रेणीको शिक्षकको हैसियतमा वडाध्यक्ष

High school teachers have the same dignity as village presidents

काठमाडौं । राष्ट्रिय सभाको संसदीय समितिले पारित गरेको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’मा माध्यमिक तहका शिक्षकलाई समेटिने भएको छ । यसअघिको प्रचलित मर्यादाक्रममा शिक्षकलाई समेटिएको थिएन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले शिक्षकलाई मर्यादाक्रममा समेटेर प्रतिवेदन पारित गरेर सदनमा पठाएको हो ।

समितिको प्रतिवेदन राष्ट्रिय सभामा छलफलपछि पारित हुनेछ । प्रतिवेदनअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकलाई १९औं नम्बरमा राखिएको छ । १९औं नम्बरमा सेनाका सहायक रथी, प्रहरीका डीआईजी, गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख, नेपाल सरकारको सहसचिव लगायत समेटिएका छन् । माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकलाई २०औं तहको मर्यादाक्रममा समेटिएको छ । २०औं नम्बरमा गाउँपालिका उपाध्यक्ष, विश्वविद्यालयका उपप्राध्यापक लगायत छन् ।

माध्यमिक तह तृतीय श्रेणीको शिक्षकलाई २१औं नम्बरमा समावेश गरिएको छ । २१औं नम्बरमा नेपाल सरकारका शाखा अधिकृत, प्रहरी निरीक्षक, वडाध्यक्ष समावेश छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस