२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौं महानगरका प्रमुखको मर्यादाक्रम सात स्थान घटाउने विधेयक समितिबाट पारित

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रम ७ स्थान घटाउने विधेयक संसदीय समितिले पारित गरेको छ । अहिले काठमाडौं महानगर पालिका प्रमुखको मर्यादाक्रम १० औं नम्बरमा रहेकोमा राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले मर्यादाक्रम सम्बन्धी सोमबार पारित गरेको विधेयकमा सात स्थान घटुवा गरेर १७ नम्बरमा प्रस्ताव गरेको हो ।

यस्तै यस अघि काठमाडौं महानगरपालिकाका प्रमुखको मर्यादाक्रम १० औ नम्बरमा र अन्य महानगरपालिकाको मर्यादाक्रम ११ नम्बरमा भए पनि समितिले पारित गरेको विधेयकको प्रतिवेदनमा काठमाडौं महानगरपालिकाका प्रमुखको सात स्थान घटनाएर १७ नम्बर र अन्य महानगरपालिकाको ६ स्थान घटनाएर पनि १७ औँ नम्बरमा प्रस्ताव गरिएको छ ।

समितिले प्रस्ताव गरेको मार्यादाक्रम पारित भएमा काठमाडौं महानगरपालिकासहित ६ वटै महानगरपालिकाका प्रमुखको मर्यादाक्रम एउटै हुनेछ । यस अघि काठमाडौं महानगरपालिकाका प्रमुख र अन्य महानगरपालिकाका प्रमुखको मर्यादाक्रममा विभेद भएको भन्दै बिरोध हुदैँ आएको थियो ।

अहिलेसम्म काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रमको १० औ नम्बरमा नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्यन्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका बिभिन्न समितिका सभापति, संविधान सभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारको मुख्यसचिव र प्रधानसेनापति सरह छ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा महानगरपालिका प्रमुखको मर्यादा १७ औं स्थानमा राखिएको छ । अहिले प्रस्तावित १७ औ नम्बरम देशभरका ६ वटै महानगरपालिकाका प्रमुखसँगै उच्च अदालतका न्यायाधीश, मुख्य न्यायाधिवक्ता, प्रदेश योजना आयोगको उपाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकूलपति, विश्वविद्यालयको प्राध्यापक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक, प्रदेश योजना आयोगको सदस्य, प्रदेश सरकारको पूर्वराज्यमन्त्री, प्रदेश सरकारको पूर्वसहायक मन्त्री, प्रदेश सभाको पूर्वसदस्य प्रस्ताव गरिएको छ ।

यो विधेयकको प्रतिवेदन मंगलबार राष्ट्रिय सभाको बैठकमा पेश गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रिय सभाको बैठक मंगलबार साँझ पौने पाँच बजेका लागि बोलाइएको छ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ चैत पाँच गते राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यले सामूहिक रुपमा ल्याएको यो गैरसरकारी विधेयक हो ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस