२०८१ भाद्र २२ गते शनिवार | 2024 September 7th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानाध्यापक सर्राफको हत्या अभियोगमा सोही स्कुलका पूर्व महिला शिक्षक पक्राउ

A former female teacher of the same school was arrested on the charge of murdering the principal Sarraf

बारा । कलैया उपमहानगरपालिका–६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ’गुड्डु’ भनिने रुपेश सर्राफको हत्या अभियोगमा सोही स्कुलमा अध्यापन गराउने एक पूर्व शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको तीन घण्टा नबित्दै बारा प्रहरीले पूर्व शिक्षिकालाई कलैया बजारबाट पक्राउ गरेको हो। प्रहरीले उनको नाम भने खुलाएको छैन। पक्राउ परेकी ती महिला पहिला सोही स्कुलमा पढाउने गरेकी र सरार्फसँग नजिकको सम्बन्ध रहेको प्रहरी स्रोतले बताएको छ।

पक्राउ परेकी उक्त महिलाको सरार्फको हत्यामा ठूलो हात हुनसक्ने अनुमान गरिएको बाराका प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए। सोमबार दिउँसो सरार्फ माथि गोली प्रहार भएपछि कलैया बजार, भारतसँग सिमाना जोडिएका नाकाहरुमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। पक्राउ परेकी महिलासँगको बयान पछि हत्या गरिनुको कारणहरु पत्ता लाग्न सक्ने उनले बताए।

बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सरार्फमाथि सोमबार दिउँसो करिब पौने १ बजेको समयमा मदार्श टोलमा गोली प्रहार भएको थियो। बाल एकता बोर्डिङ स्कुलबाट सरार्फ खाजा किन्न कलैया बजारमा रहेको अन्पुर्ण भेजिटेरियल होटलबाट गएका र होटलबाट फर्कँदै गर्दा उनीमाथि दुई वटा मोटरसाइकलमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार चार जनाको समूहले गोली प्रहार गरेको उपरीक्षक काफ्लेले बताए।

छातीमा गोली लागेर घाइते भएका सरार्फलाई सुरुमा कलैया प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि वीरगन्ज स्थित वयोधा अस्पतालमा लगिएको थियो। बयोधा अस्पतालका चिकित्सकले उनलाई मृत घोषण गरेका थिए।

दोषीलाई कारबाहीको माग गर्दै कलैयामा प्रदर्शन भएको छ । रुपेश सरार्फको हत्यारालाई कारबाहीको माग गर्दै कलैयाको भरतचौकमा प्रदर्शन गरिएको हो । कलैयाका स्थानीय, राजनीतिक दल लगायतले दोषीलाई कारबाहीको माग गर्दैै टायर बालेर प्रदर्शन गरेका हुन्।

जनबोली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस