२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘रङ्गेली’ अमेरिकामा प्रिमियर हुने

'Rangeli' will premiere in America

काठमाडौँ । अहिले छायांकनको अन्तिम चरणमा रहेको फिल्म हो ‘रङ्गेली’ । छायाङ्कन नसकिँदै फिल्मको अमेरिका प्रदर्शन बिक्री भएको छ । अमेरिकाको लागि फिल्मको अधिकार एक्का बास्सा इन्टरटेन्मेन्ट एन्ड लाइभ एट प्रिजेन्टले खरिद गरेको हो ।

प्रदर्शन अधिकार बिक्री भएसँगै क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासस्थित ड्यालसमा फिल्मको प्रिमियर पनि फिक्स भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए ।यसअघि जापान, कोरिया र हङकङ गरी तीन देशको फिल्मको वितरण अधिकार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले किनेको थियो । अस्ट्रेलियामा पनि फिल्मको प्रदर्शन अधिकार बिक्री भैसकेको छ । अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता फिल्मको प्रिमियरको समेत तयारी गरिएको छ । फिल्म भने महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।

निर्देशक सुवेदीको लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतको अभिनय छ ।

फिल्मको कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ रहेका छन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्मातामा छन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । तिहार अगावै फिल्मको सम्पूर्ण छायाङ्कन सकिने बताइएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस