२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्डले नेपाली भूमि भारतलाई छोडे : एक चौथाइ सरकारी बिदा कटौती गरौं -प्रेम सुवालको भिडिओ

prem suwal

१२ कात्तिक, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले हाल रहेको सरकारी बिदामा एक चौथाइ कटौती गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सरकारी बिदा धेरै भएको जनगुनासो सम्बोधन गर्न तत्काललाई एक चौथाइ बिदा कटौती गर्ने’ सरकार समक्ष सांसद सुवालले माग राखेका छन् । विकसित देशहरुमा भन्दा धेरै बिदा नेपालमा रहेको भन्दै उनले कटौतीको माग राखेका हुन् ।

सरकारले २ चैत २०७९ मा राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिइएको छ । जसमा विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती समेत समावेश छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस