२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकामा कति छन् नेपाली ?

How many Nepalese are there in America

वासिङ्टन । अमेरिकी सरकारको जनगणना ब्युरोले अमेरिकामा रहेका कुल नेपालीहरूको आधिकारिक जनसंख्या सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अमेरिकामा कुल नेपालीहरूको संख्या २ लाख १९ हजार ५०३ छ। अमेरिकामा गरिएको सन् २०२० को जनगणनाका आधारमा यो रिपोर्ट सार्वजनिक गरिएको थियो।

त्यसअनुसार न्युयोर्क राज्यमा मात्र नेपालीहरूको संख्या २३ हजार ७७ रहेको जनगणना ब्युरोको रिपोर्टमा उल्लेख छ। तर, सबैभन्दा बढी नेपालीहरूको बसोबास रहेको राज्यमा टेक्सास पहिलो नम्बरमा छ। जहाँ नेपालीको कुल जनसंख्या २८ हजार ६८३ छ।

ब्युरोको रिपोर्टका आधारमा पहिलोमा टेक्सास, दोस्रो न्युयोर्क र तेस्रोमा ओहायो छन्। ओहायोमा नेपालीहरूको जनसंख्या २१ हजार ५६७ छ।

यस्तै, क्यालिफोर्नियामा पनि नेपालीहरूको बाक्लै बसोबास देखिन्छ। जहाँ १९ हजार ६७७ नेपाली छन्। जनगणनाकै आधारमा नेपालीको संख्या अलावामा राज्यमा १ हजार ६, अलास्कामा १९१, एरिजोनामा १ हजार ८९४, अर्कासान्समा ४८३, कोलोराडोमा ७ हजार ११८, कनेक्टिकटमा २ हजार १५१, डेलावेयरमा ३०२, वासिङ्टन डीसीमा ३०८, फ्लोरिडामा २ हजार ५४७, जर्जियामा ४ हजार ८०६, हवाईमा ३६३, आइजायोमा ८२५, इलिनोयमा ४ हजार ८५, इन्डियानामा १ हजार १०, आयोवामा, २ हजार ४५३, कन्सासमा १ हजार ५९१, केन्टुकीमा ४ हजार ९२, लुजियानामा १ हजार २३१, मेनमा १५५ र मेरिल्यान्डमा १० हजार ५३८ छ।

म्यासाचुसेट्समा ९ हजार १०२, मिचिगनमा ३ हजार १९६, मिनेसोटामा ३ हजार ८१२, मिसिसिपीमा ५११, मिजौरीमा १ हजार ८८४, मोन्टानामा, ५४, नेब्रास्कामा २ हजार २७६, नेवाडामा ६३६, न्यू ह्म्याम्ससायरमा २ हजार १८८, न्युजर्सीमा ३ हजार २६४, न्युमेक्सिकोमा ५९८, नर्थ क्यारोलिनामा ५ हजार ९६९, नर्थ डकोटामा १ हजार ६४९, ओक्लोहोमामा १ हजार ६७६, ओरेगनमा १ हजार ६८५, पेन्सिलभेनियामा १४ हजार २०९, रोडे आइल्यान्डमा ३६२, साउथ क्यारोलिनमा ४३८, साउथ डकोटामा १ हजार ७३, टेनिसीमा २ हजार ४३, युटाहमा १ हजार ५१८, भर्मोन्टमा १ हजार ४९८, भर्जिनियामा १३ हजार ७०२, वासिङ्टनमा ४ हजार ६४८, वेस्ट भर्जिनियामा १९४, विस्कन्सिनमा १ हजार ६१०, वायोमिङमा १०४ र पोर्टोरिकोमा २३ जना नेपाली बस्दै आएका छन्।

जनगणना अनुसार न्युयोर्कको कुइन्स काउन्टीमा मात्र नेपालीको संख्या १४ हजार ३९४ छ। यस्तै, न्युयोर्क सिटीको म्यानहटनमा ४४६, ब्रोक्समा १२८, ब्र्कलिनमा ७ सय नेपाली छन्। न्युयोर्कका अन्य काउन्टीहरूमध्ये अल्बानीमा २५४, ब्रुन काउन्टीमा ५०, कोलम्बिया काउन्टीमा २६, रतेज काउन्टीमा ६३, एरी काउन्टीमा १ हजार ३३४, मनोरो काउन्टीमा २ हजार १६९, नासु काउन्टीमा ६६६, ओनेडा काउन्टीमा १५२, उनन्डागा काउन्टीमा १ हजार २३१, अरेज काउन्टीमा ४९, पुटनाममा काउन्टीमा ४८, रेन्सलर काउन्टीमा ९५, रिच्मन्ड काउन्टीमा ७४, रकल्यान्ड काउन्टीमा ३१, साराटोगा काउन्टीमा ७०, सफल्ग काउन्टीमा २३८, टम्किन्स काउन्टीमा ११२ र वेस्टचेस्टर काउन्टीमा २७२ जना नेपाली छन्।

अमेरिकामा सन् २०१० मा ५० हजार वा सोभन्दा बढी जनसंख्या भएकाहरू मध्ये नेपालीको जनसंख्या सबैभन्दा छिटो बढिरहेको एसियालीहरू समूह थियो। नेपालीको मात्र जनसंख्या सन् २०१० मा ५१ हजार ९०७ थियो, जुन २९५.५ प्रतिशतले बढेर सन् २०२० मा २ लाख ५ हजार २९७ भएको छ। नेपाली एक्लै वा कुनै पनि संयोजन जनसंख्या सन् २०१० को ४९ हजार ४९० बाट बढेर २६९ हजार बढेर २ लाख १९ हजार ५०३ सय पुगेको छ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस