२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज ह्वात्तै बढ्दै सुन चाँदीको मूल्य इतिहासकै सबैभन्दा उच्च कायम, प्रतितोला कति छ जान्नुहोस्

gold price today nepal

१२ कात्तिक, काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ । दशैंपछिको पहिलो कारोबार दिन शुक्रबार प्रति तोला सुनको मूल्य १ लाख १६ हजार कायम भएको थियो । आज आइतबार १ लाख १७ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्म इतिहासकै सबैभन्दा धेरै मूल्य हो ।’

विश्वमा देखिएको द्वन्द्व र भूराजनीतिक असर सुनचाँदी क्षेत्रमा देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । लगानीकर्ताले सुनचाँदीमा लगानी गर्न सुरक्षित देखेका छन् । सरकारले व्यवसायीलाई दैनिक २० किलो सुन दिने गरेको छ । आर्थिक मन्दीका कारण खपत भने १० देखि १२ केजी आसपासमा हुने गरेको छ ।’

आज आइतबार तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४५० कायम भएको भने चाँदीको मूल्य १४ सय १५ तोकिएको छ ।’

 

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस