२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मानव अधिकार मैत्री ऐन बनाइ संसदको गरिमा जोगाउन आग्रह गर्दा २७ जना गिरफ्तार

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाई संसदको गरिमा जोगाउन आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।

२०८० कार्तिक १२ गते दिउँसो संसद भवन ३ नम्बर गेट अगाडि नयाँ बानेश्वरमा भएको प्रदर्शनमा नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर्न, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर्न र विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै प्रदर्शन भएको हो ।

१ बजे प्रशर्दन शुरु हुने कार्यक्रम रहेको तर १० मिनेट अगावै जम्मा हुने क्रममा प्रहरीले गिरफ्तार गरेको हो । प्रदर्शनबाट संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत अधिकारकर्मीहरु कल्याण बुढाथोकी ( द्वन्द पिडित साझा चौतारकिा का.वा. अध्यक्ष), जगन्नाथ पुडासैनी, विकास थापा, सानु लामा, सुप्रिया सापकोटा, सार्जन चापागाई, सुन्दरराज पुडासैनी, नानीकाजी गिरी, ईश्वर पुडासैनी, जयराम पुडासैनी, तुलसीराम भण्डारी, दुर्गा सापकोटा, नानीकाजी प्याकुरेल, वुद्ध रिसाल, नवराज चापागाई, भोलानाथ चालीसे, शिवकुमार बुढाथोकीसहित २७ जनालाई गिरफ्तार गरि बानेश्वर प्रहरी वृत्त तिनकुनेमा राखेको छ ।

प्रदर्शनमा सहभागिहरुले हत्यारालाई आममाफी : नागरिकमा रुवाबासी, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर, पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर, मानव अधिकारमैत्री ऐन बनाउः संसदको गरिमा जोगाउ, MAOIST USED CHILDREN AS SOLDIERS- THAT WAS A WAR CRIME, GOVERNMENT OF NEPAL : STOP GLORIFYING VIOLENCE, REVOKE DECISION TO GIVE A PUBLIC HOLIDAY ON FALGUN 1, PUNISH THE PERPETRATORS AND ENSURE JUSTICE TO CONFLICT VICTIMS, ENACT HUMAN RIGHTS FRIENDLY ACT-SAVE PARLIAMENT’S DIGNITY लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विस्तृत शान्ति सम्झौताको मर्म विपरित, मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुलाई (दशक लामो सशस्त्र द्वन्दका दौरान) आम माफी दिने नियतले भइरहेको चलखेलप्रति आपत्ति व्यक्त गर्दै शान्ति समाजले अभियान सञ्चालन गरिरहेको छ । यसैगरी शान्ति समाज दाङ शाखाले यसै विषयमा केन्द्रीय रहि कार्तिक १२ गते तुलसीपुरमा प्रदर्शन गरेको छ ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस