२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भीरबाट लडेर गम्भीर घाइते कलाकार प्रकाश घिमिरे आइसियूमा, पछिल्लो अवस्था बारे बोल्यो अस्पताल

Actor Prakash Ghimire seriously injured after falling down

पोखरा । भीरबाट लडेर गम्भीर घाइते बनेका अभिनेता प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । अचेत बनेका कलाकार घिमिरेको होस खुलेको छ । बोल्न थालेका छन् । शुक्रबार बिहान घाँस काट्ने क्रममा पोखराको नदीपुरको भीरबाट लडेर उनी गम्भीर घाइते भएका थिए ।

आइसियूमा उपचाररत घिमिरे शनिबार बिहानबाट बोल्न थालेको उनका साथी प्रेम पुनले जानकारी दिए । कलाकार घिमिरेको टाउको र शरीरमा चोट लागेको छ ।

उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएकोमा चिकित्सकले तत्काल लैजान नपर्ने बताएपछि मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको छ । अस्पतालका चिकित्सकहरूलेपनि उनको अवस्था शुक्रबार भन्दा सुधारिएको बताएका छन् । अस्पताल प्रशासनले समेत उनको उपचार यही गर्न सकिने र सुधार हुँदै आएको बताएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस