२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई लगातार तेस्रो सफलता : गुल्सनले लिए दोस्रो विकेट

Gulshan Jhaa

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनल खेलमा यूएईविरुद्ध नेपाललाई तेस्रो सफलता प्राप्त भएको छ । यूएईका कप्तान मोहम्मद वसीमलाई गुल्सन झाले ढालेर पहिलो सफता दिलाएका थिए । युवा बलर झाले तेस्रो विकेटपनि लिए । कुशल मल्लको बलमा सन्दीप जोराले शनसनीपूर्ण क्याच गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए ।’

गुल्सनले ६.४ ओभरमा घर फर्काउँदै २२ बलमा ४५ रन जोडेका मोहम्मद वसीमलाई रेकर्ड राख्न रोके । ९.२ ओभरमा अर्का यूएईका ओपनर आर्यन शर्मालाई कुशल मल्लले जोराको हातबाट आउट गराए । १०.५ ओभरमा गुल्सनले अबिनाश बोहोराको हातबाट यूएईका आसिफ खानलाई आउट गरे ।’

१२.१ ओभरमा तीन विकेटको क्षति व्यहोर्दै यूएईले १०४ रन बनाएको छ । नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ ।’

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस