२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्ध नेपाललाई सातौं झड्का: एकपछि अर्को गर्दै कीर्तिमानी ब्याट्सम्यानहरु चकनाचुर

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनलमा यूएईविरुद्ध खेलिरहेको नेपाललाई सातौं झड्का लागेको छ । ६.४ ओभरमा नेपालका ‘बीग डेन्जरस म्यान’ कुशल मल्ल आउट भए ।’

४.६ ओभरमा नेपालका विस्फोटक ब्याट्सम्यान आसिफ शेख आउट भएका थिए । त्यस लगत्तै ७.३ ओभरमा अर्का ‘बीग डेन्जरस म्यान’ कुशल भुर्तेल आउट भए । त्यसपछि १२.१ ओभरमा कप्तान रोहित पौडेल आउट भए । त्यसलगत्तै १२.४ ओभरमा कीर्तिमानी ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी आउट भए । त्यसपछि आएका सन्दीप जोरा १५.१ ओभरमा आउट भए । १६.१ ओभरमा भरोसा राखिएका गुल्सन झा आउट भए ।’

यूएईका युवा बलर अयान अफजल खानले दुई विकेट लिए । १५.३ ओभरमा नेपालले १२८ रन बनाएको छ । ६ विकेट गुमाइसकेको छ । अहिले सोमपाल कामी र करण केसी क्रिजमा छन् ।’

सन्दीप लामिछानेले टी–२० विश्वकप क्वालिफायर खेल्ने, टीयू मैदानमा देखिए

जनबोली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस