२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपाधिका लागि यूएईविरुद्ध नेपालको ब्याटिङ सुरु : यस्तो छ सुरुवाती रणनीति

१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी–२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध ब्याटिङ सुरु गरेको छ । टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपालको तर्फबाट आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ ब्याटिङ सुरु गरेका छन् । नेपाल सुरुवातदेखि नै आक्रमक रणनीतिमा मैदानमा उत्रिएको छ ।

नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो । युएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर फाइनल पुगेको हो । फाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । अलराउण्डर विवेक यादवको स्थानमा स्पीनर ललित राजवंशी पहिलो रोजाईँमा खेल्दैछन् ।

खेल ११ बजे टीयू क्रिकेट मैदानमा सुरु भएको छ । टी–२० आई हेड टू हेडमा नेपाल यूएईभन्दा अगाडि रहेको छ । नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस