२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यूएईविरुद्ध नेपाललाई लगातार चौथो सफलता

काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृङ्खलाको फाइनल खेलमा यूएईविरुद्ध नेपाललाई चौथो सफलता प्राप्त भएको छ । यूएईका कप्तान मोहम्मद वसीमलाई गुल्सन झाले ढालेर पहिलो सफता दिलाएका थिए । युवा बलर झाले तेस्रो विकेटपनि लिए । कुशल मल्लको बलमा सन्दीप जोराले शनसनीपूर्ण क्याच गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए । अविनाश बोहोराले कुशल भुर्तेलको हातबाट देशलाई चौथो सफलता दिलाए ।’

गुल्सनले ६.४ ओभरमा घर फर्काउँदै २२ बलमा ४५ रन जोडेका मोहम्मद वसीमलाई रेकर्ड राख्न रोके । ९.२ ओभरमा अर्का यूएईका ओपनर आर्यन शर्मालाई कुशल मल्लले जोराको हातबाट आउट गराए । १०.५ ओभरमा गुल्सनले अबिनाश बोहोराको हातबाट यूएईका आसिफ खानलाई आउट गरे । १४.३ ओभरमा बोहोराले कुशल भुर्तेलको हातबाट आउट गराए । १२०’

१४.३ ओभरमा चार विकेटको क्षति व्यहोर्दै यूएईले १२० रन बनाएको छ । नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ ।’

 

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस