२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछाने बिना यूएईविरुद्ध फाइनलमा नेपाललाई कठिन भएपछि…

After Nepal struggled in the final against UAE without Sandeep Lamichhane

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० आई शृङ्खला नखेल्ने घोषणा गरे । आफू जीवनकै कठिन अवस्थामा रहेकाले खेल्न नसक्ने भन्दै नाम फिर्ता लिए ।’

सन्दीप लामिछाने बिना आज यस शृङ्खलाको फाइनल खेलमा यूएईविरुद्ध नेपाललाई निक्कै कठिन भएको देखियो । टीयू क्रिकेट मैदानको भीभीआईपी स्थानमा बसेर क्यान सचिव पारस खड्कासँगै लामिछाने यो शृङ्खलाको फाइनल खेल हेरिरहेका छन् ।’

नेपालको प्रस्तुती कमजोर हुँदै गर्दा उनीहरु दुबै निक्कै निरास देखिन्थे । नेपालले जति विकेट गुमाउँथ्यो वा जति धेरै रन खान्थ्यो दुबैको अनुहार झनै कालो हुँदै आउँथ्यो । नभन्दै अन्तिम दुई बल बाँकी रहँदा दुई रन आवश्यक अवस्थामा शनसनीपूर्ण स्थिती सृजना गरेर नेपालबाट यूएईले उपाधि लग्यो । खेल नेपालले हार्नै लाग्दा उनीहरु केही कुरा गरिरहेको देखिन्थ्यो । यद्यपी घरेलु मैदानमा हुने टी–२० विश्वकप छनोट प्रतियोगिता भने सन्दीपले खेल्ने मनस्थिति बनाएका छन् ।’

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस