२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पढ्ने किशोरीहरुले महंगा ड्रेस नक्कल नगरुन् भनेर पब्लिकमा जाँदा म ५ सयका चप्पल लगाउछु -रेखा थापा

When I go out in public I wear 500 RS slippers - Rekha Thapa

काठमाडौं । अभिनेत्री रेखा थापा तथा फिल्मी दुनियाँकी सेलिब्रेटी मात्र होइनन् उनी राजनीतिक दुनियाँकी नेतापनि हुन् । उनी फिल्मी जगतमापनि अभिनेत्री भित्रकी अभिनेता भनेर चिनिन्छिन् ।’

निक्कै साहासीक-फाइटिङ फिल्महरु गरेर हिरोको रोलमा उनी देखिन्छिन् । उनका तर्कहरुलेपनि धेरैलाई प्रभावित गरिरहेको हुन्छ ।’

रेखाले हालै आफू हिरोइन भएकाले महंगा पहिरन लगाएर हिड्न कुनै मुस्किल नरहेको तर ‘मेरो समाज जस्तो छ म त्यस्तै हुनुपर्छ’ भन्ने सोच भएको खुलाएकी छिन् । म पुग्ने सार्वजनिक स्थानमा कुनै पढ्ने किशोरीले मैले लगाए जस्तै महंगा ड्रेस मागेर आमालाई हैरान् नबनाउन् भनेर आफू निक्कै सस्ता कपडा, चप्पल लगाएर जाने गरेको उनले खुलाएकी छिन् । ‘

आफूले लगाएका महंगा पहिरन देखेर नेपाली आमा, छोरी-चेली आफूलाई हिनताबोध नगरुन् भनेर उहाँहरुले लगाउने जस्तै सस्ता पहिरन र चप्पल आफ्नो रोजाईमा हुने उनको भनाई छ । उनले आम नेपाली छोरी-चेलीले लगाउने ५ सयको चप्पल लगाएर आफू कयौं स्थान गएको बताइन् । लगाउने / खानेकुरा तडकभडक हैन, सुहाउने र सफा लगाउन सकियो भने पुग्ने उनको सोच छ ।’

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस