२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

८ भारतीय नौसैनिकलाई कतारले सुनायो मृत्युदण्डको सजाय, भारतको कुनै सिप नलाग्ने यस्तो छ काण्ड

qatar gives death sentence to 8 indian navy personnel detained in the country

काठमाडौं । कतारको एक अदालतले एक वर्षभन्दा बढी समयदेखि हिरासतमा रहेका भारतीय ८ जना नौसेनाका सैनिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुमाथि देशविरुद्व जासुसीको आरोप लागेको छ ।’

प्रमुख भारतीय युद्धपोतहरूको कमाण्ड गरेका सम्मानित अधिकारीहरूसहित आठ जना दहरा ग्लोबल टेक्नोलोजी र परामर्श सेवामा कार्यरत थिए। यो एक निजी फर्म हो जसले कतार सशस्त्र बलहरूलाई प्रशिक्षण र सम्बन्धित सेवाहरू प्रदान गरिरहेको थियो । उनीहरु भारतको नौसेनाबाट उक्त कम्पनीमा जागिर खान कतार गएका थिए । तर कतारमा रहेर कतारविरुद्व भारतका लागि जासुस गरेको कतारका न्यायाधीशले ठहर गरिदिए ।’

उनहरुको जमानतको निवेदन पटक–पटक खारेज भएपछि कतारी अधिकारीले हिरासत राखेका थिए । मृत्युदण्डको सजायप्रति भारत सरकारले गहिरो दुःख व्यक्त गरेको छ । सबै कानूनी विकल्पहरू बाँकी रहँदा-रहँदै यस्तो कठोर निर्णय लिनु दुई देशबीच राम्रो नहुँने भारतको प्रारम्भिक प्रतिक्रिया छ । भारतको विदेश मन्त्रालयले विस्तृत निर्णयको पर्खाइमा रहेको बताएको छ । यसका कानूनी विकल्पहरूमा विचार भइरहेको मन्त्रालयले जनाएको छ । यो निर्णयले अहंकारको संकेत दिएको मन्त्रालयले भनेको छ । यो मुद्दा कतार सरकारविरुद्व अन्तर्राष्ट्रिय अदालतमा समेत उठाउने भारतको धम्की छ । तर कतार यो निर्णयबाट कुनैपनि हालतमापछि नहट्ने पक्षमा छ ।’

भारतको परराष्ट्र मन्त्रालयले यस मामिलामा थप लड्न तयार रहेको जनाएको छ । मन्त्रालयले भन्यो, हामी यस विषयलाई धेरै महत्व दिन्छौं र यसलाई नजिकबाट नियाली रहेका छौ । हामी सबै कन्सुलर र कानूनी सहयोग जारी राख्नेछौं। हामी कतारी अधिकारीहरूसँग पनि निर्णय परिवर्तनका लागि जोडदार माग राख्नेछौं ।’

कतारको अदालतले पूर्व नौसैनिकमा क्याप्टेन नवतेज सिंह गिल, क्याप्टेन वीरेन्द्रकुमार वर्मा, क्याप्टेन सौरभ वशिष्ठ, कमाण्डर अमित नागपाल, कमाण्डर पूर्णेन्दु तिवारी, कमाण्डर सुगुनाकर पकाला, कमाण्डर सञ्जीव गुप्ता र सेलर रागेशलाई सजाय सुनाएको छ ।’

यस विषयमा जानकार व्यक्तिहरूले हालै नाम न छाप्ने सर्तमा एचटीलाई भने कि आठ जनालाई जासुसीको आरोप लगाइएको छ। कतारी र भारतीय अधिकारीहरूले लामो समयदेखि एकान्त कारागारमा राखिएकाहरू विरुद्धको आरोपको विवरण कहिल्यै दिएका थिएनन् । एक भारतीय पत्रकार र उनकी श्रीमतीलाई हालै कतारी अधिकारीहरूले मुद्दाको रिपोर्टिङ गरेका कारण नै देश छाड्न आदेश दिएको स्रोतले बताएको छ। कतारले यो विषयमा यति कठोरता र निर्ममता प्रयोग गरिरहेका छ की दुई सरकारबीच समेत सूचना आदान–प्रदान गरेको छैन । यसैले भारत सरकारको हारगुहार समेत कतारले सुन्छ भन्न सजिलै सकिन्न ।’

 

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस