२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

डिभोर्सपछिपनि पूर्वपतिसँग ‘शारीरिक सम्बन्ध र रोमान्समै’ छिन् मिस नेपाल २००२ माल्भिका सुब्बा

Miss Nepal 2002 Malvika Subba is in 'physical relationship and romance' with ex-husband even after divorce

काठमाडौं । मिस नेपाल सन् २००२ माल्भिका सुब्बा बैबाहिक जीवनबाट भने अलग छिन् । श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेर अहिले उनी सिंगल छिन् । तरपनि पूर्वपतिसँग उनको सम्बन्ध टुटेको भने छैन ।

अहिलेपनि बेला–बेला डेट गर्ने, रोमान्स गर्ने क्रम जारी नै रहेको उनले नै खुलाएकी छिन् । केही दिन अघि पूर्वपति र छोरासँग साल्सा डान्स गरिरहेको भिडियो आफैंले सामाजिक सञ्जालमा राखेकी थिइन् । यति मात्र हैन एउटा टक शोमा उनले डिभोर्सपछिपनि पूर्व पतिसँग शारीरिक सम्बन्ध भएको खुलासा समेत गरेकी थिइन् ।

युट्यूवर उत्सव रसाइलीको अन्तर्वार्तामा डिभोर्सपछि अरु कुनै पुरुषसँग सम्बन्धबारे खुलेरै कुरा गरेकी छन्। पूर्वपतिसँगको सम्बन्धबारे उनले भनिन्, ‘हामी अहिले पनि सँगै घुम्न जान्छौं । धेरैपटक ‘नाइट स्टे’ पनि गरिरहेका हुन्छौं। दुवैको सन्तान एउटै भएकाले उसको खुशीका खातिर हामीहरु टाढिएको छैनौं।

त्यसपछि सोधियो, ‘शारीरिक सम्बन्ध पनि भएको छ ?’ माल्भिकाले भनिन्, ‘छ’ । यी सबै हेर्दा उनी अहिलेपनि पूर्व पतिसँग रोमान्समा नै छिन् भनेर अनुमान लगाउन जो कोहीलाई कठिन छैन ।

 

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस