काठमाडौं । उषा खड्गी सन् २००० मा मिस नेपाल बनेकी हुन् । उनकोपनि बैबाहिक जीवन सफल भएन । श्रीमान् जीपी तिमिल्सिनाबीच केही बर्ष अघि सम्बन्ध विच्छेद भएको थियो । ‘
निक्कै सुन्दरी पूर्व मिस नेपाल अहिले राम्रो पार्टनरको खोजीमा छिन् । एक ‘टक शो’मा उनले खुलेर नै जीवन र जगतका बारेमा बोलेकी छिन् । बाँकी जीवनका लागि कोही न कोही चाहिने महशुस गरेका कारण आफूले पार्टनर खोजिरहेको खड्गीले बताएकी छिन् ।
स्तो केटा आफ्ना लागि ठिक होला ? भन्ने सोच्नुभएको छ । भन्ने प्रश्नमा उनले जस्तो भएपनि ‘अल्कोहल’ चै नखाने हुनुपर्ने शर्त अघि सारेकी छिन् । उनले जीवनमा रक्सी खानेसँग समय जोड्दा ठूलो कष्ट भोग्नु परेकाले फेरि त्यही नदोहारियोस् भन्ने कामना रहेको बताएकी छिन् । ‘
उनको यो बोलीमा पूर्व पति जीपी रक्सीका पारखी थिए की भन्ने आँकलन मात्र गर्न सकिन्छ । डिभोर्स अघि उनले दुई–दुई वटा बच्चा एक्लै कसरी हुर्काउँछौं । कसरी उनीहरुको भविष्य बनाउँन सक्छौं । डिभोर्स नगर भनेर मनोवल गिराउने मात्र भेटेकोपनि खुलासा गरिन् । तर डिभोर्सपछि एक सक्षम महिलालाई खासै समस्या नहुँने उनको तर्क छ ।’