९ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डलाई ८ विकेटले जितेको छ । १५६ रनमै अलआउट भएको इंग्ल्याण्डले दिएको १५७ रनको लक्ष्य श्रीलंकाले दुई विकेटको क्षतिमा २४.४ ओभरमा नै भेट्टायो । भारतको बैंग्लुरुमा टस जितेर ब्याटिङ रोजेको इंग्ल्याण्डले ३३.२ ओभरमा सबै विकेट गुमाएर १५६ रन मात्र बनाएको थियो ।
ओपनर जोनी बेयरस्टो र डेविड मालनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । तर, थप १०१ रन जोड्दा सबै विकेट गुमायो । बेन स्टोकले सर्वाधिक ४३ रन बनाए । बेयरस्टो ३० र मालन २८ रनमा आउट भए । इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लाहिरु कुमाराले ३ विकेट लिए भने एन्जेलो म्याथु र कसुन राजिथाले समान २–२ विकेट लिए ।