२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकामा फेरि गाेलीबारी : २२ जनाकाे मृत्यु, ६० भन्दा बढी घाइते

At Least 22 People Were Killed While Nearly 60 Injured In Mass Shooting Incident In Lewiston

काठमाडौं । अमेरिकाकाे ल्यूइस्टन, मेनकाे एक रेस्टुरेन्टमा बुधबार राति अन्धाधुन्ध गाेलीबारी (मास शूटिङ) हुँदा २२ जनाकाे मृत्यु भएकाे छ । उक्त घटनामा करिब ६० जना घाइते भएका छन् । उनीहरूमध्ये धेरै जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

सीएनएनका अनुसार गाेलीबारी गर्ने बन्दुकधारी अझैसम्म नियन्त्रणमा नआएका कारण त्यहाँकाे स्थानीय प्रहरीले सर्वसाधारणहरूलाई सुरक्षित भएर लुक्न आग्रह गरेकाे छ । गोलीबारी ३ ठाउँमा राति करिब ८ बजे भएकाे स्थानीय प्रहरीले जनाएकाे छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार ती बन्दुकधारी अहिले फरार छन् । फरार रहेका ती सन्दिग्ध व्यक्तिको दुईवटा तस्बिर जारी गर्दै पहिचान गर्न र सूचना दिन प्रहरीले आग्रह गरेको छ । साथै ती बन्दुकधारीले सहरका विभिन्न भागमा घटना घटाएको पनि बताइएको छ । एजेन्सी

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस