२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

के साँच्चै केपी ओलीको कम्बोडियाको टेलिकममा खर्बौ लगानी होला ?

काठमाडौं । हुन त दुर्गा प्रसाईं नाम गरेका व्यक्ति हेटर ‘पपुलर’ हुन् । उनले बोलेका विषयमा विचार विमर्श गर्नु नै गलत हो । उनी सामाजिक सञ्जालमा व्यक्ति स्वीकार्य नभएका तर अनेंक फण्डा बोल्ने भएकाले गालीका कमेण्ट, रिसका रियाक्ट र हेर न यो के बोलिरहेको छ ? भन्ने नकारात्मक तर्कसँगै फैलावटमा उनी पर्छन् । उनका भिडियो, बोली, तस्बिरमा देखिएको सामाजिक बाढी त्यही छ ।’

उनले केही दिन अघि फुत्त नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको “कम्बोडियाको टेलिकममा अर्बौ लगानी छ” भनिदिए । त्यति मात्र हैन, ओलीको शारीरिक अवस्थालाई समेत खिसिट्यूरी गर्दै “राजसंस्था र धर्म सापेक्ष त चाहिने रहेछ नाति” भनेर मैंसँग भनेका छन्, भनेर दावी गरिदिए ।’

ओलीको विपक्षका कित्तामा रहेका र वर्तमान व्यवस्था विरोधिका लागि त्यति मसला पाएपछि अरु के चाहिन्थ्यो ? प्रसाईंका त्यस्तै क्लिप र तस्बिर राखेर ओलीलाई अनेकौं गाली गर्न थाले । तर सामाजिक सञ्जालको वजन जाँच गर्दा त्यो खासै ठूलो संख्यामा छैन । केही हेटरहरुको संख्याले दिनरात पोस्ट गरेको गरेकै कारण केही बाढी जस्तो मात्र देखिन्छ ।’

सामाजिक सञ्जालमा धमिलो बाढी आएपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आज सामाजिक सञ्जालमार्फत नै प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् ओली माथीको प्रहार यो देशलाई परिवर्तन गराउन चाहाने आम नेपालीमाथीको आक्रमण हो । नेपाली राजनीतिमा ओली नै सबैभन्दा पवित्र व्यक्ति भएपनि व्यवस्था विरोधी र विपक्षीहरुले हिलो छ्याप्न खोजेको आसय महासचिवको छ । त्यो पोस्ट यहाँ आफैं पढ्न सक्नुहुन्छ ।’

के साँच्चै केपी ओलीको कम्बोडियाको टेलिकममा खर्बौ लगानी होला ?
यो कुरा भर्खर बोली फुटेको र बोली सुनेर यसो प्रतिक्रिया मात्र दिनसक्ने शिशुलाईपनि पत्यार लाग्दैन । किनभने, नेपाली राजनीतिमा ओली मात्र एक त्यस्ता व्यक्ति हुन् जसले आफ्नो सर्वस्व आफ्नो शेखपछि सबै राज्यको हुनेगरी कबोल गरेका छन् ।’

कसैको सन्तान नहुनु सृष्टिका लागि ठूलो कुरा हैन, तर ओलीसँग सन्तान छैनन् । यसैले बुबाको शेखपछि छोरा नातीका लागि जोडिदिनुपर्छ भन्ने नेपाली संस्कृतीको दवावपनि उनी माथि छैन भन्न मात्र यो प्रसंग राखिएको हो । सारा नेपालीलाई थाहा छ ।’

आम नेपालीको सर्वोच्च निकाय व्यवस्थापिका संसदको बैठकबाट ओलीले लाईभमा भनेका छन् । “हामी थोरै खान्छौ, मेरी श्रीमतीको पेन्सनबाट आउने रकमले मेरो जीविका चल्छ । ठूलो उपचार जरुरी रह्यो भने तपाईहरुसँग हात फैलाउने छौं ।” हामीले मिलेर जोडेको भक्तपुर बालकोटको घर, आफ्नो केही पुर्खौली जमिन समेत हामी बाँचुन्जेल आफू उपभोग मात्र गर्छौ । त्यसपछि त्यो राज्यका नाममा जानेगरी सरकारी निकायमा कागज गरिसकेको छु । अनि मैले कसका लागि भ्रस्ट्राचार गर्नुपर्ने ? ‘

ओलीकी धर्मपत्नी राधिका नेपाल राष्ट्र बैकको माथिल्लो तहको अधिकारी भएर रिटायर्ड छिन् । उनको पेन्सनबाट आउने रकमबाट घरखर्च चलेको छ । त्यही जागिरबाट आएको रकमबाट र आफू सांसद एवं राज्यका विभिन्न पदमा रहँदा आएको तलब भत्ताबाट जीवनमा एउटा त्योपनि भक्तपुरको भित्र बालकोटमा जग्गा र घर जोडेको ओलीले बेला–बेला भन्दै आएका छन् । ‘

हुनपनि हो । ओलीले जग्गा जोड्दा र घर बनाउँदा अहिलेको बालकोट क्षेत्र कौडिको भाउ थियो । त्यति जोड्न त राष्ट्र बैकको जागिरेका लागि मामोली कुरा नै हो । हामीले देख्ने गर्छौ । मात्र साविकको गाविस सचिव (त्यो बेलाको मुखिया, खरिदार) का अहिले नेपालका ठूला सहरहरुमा धेरै घर जग्गा छन् । तर खरदार मुखियाको हैसियतमापनि नपुगेका ओलीमाथी औला ठड्याउनु न्याय हुन्छ ? ‘

हुन त कसैको मृत्युको बारेमा कोही बोल्नु उचित हुने कुरा नै हैन । तर नेपालीको सरदर आयु हेर्दा ओलीको उमेरलेपनि डाँडा काटिसकेको छ । धर्मपत्नी राधिकाकोपनि उमेर धेरै नै छ । अब कसका लागि रकम जोड्नुपर्ने ? यो साधारण चेत भएका मानिसलेपनि ठम्याउन सक्दैन र ?’

रह्यो कुरा धर्म निरपेक्षता र राजसंस्था । ओलीले आन्तरिक बैठक । आफ्ना किचेन क्याबिनेटभित्र समेत धर्म सापेक्षता र राजसंस्थाका बारेमा वकालत गर्दैनन् । बरु पूर्व राजा र राजसंस्थाका बारेमा चर्को बिरोध गर्ने र गालीका शब्द प्रयोग गर्ने नेतामा ओली पर्छन् । जातीयता र धर्मको साँघुरो घेरामा नेपालीलाई बाँध्न खोजेको भन्दै समकक्षी नेताहरुका विचारमा समेत ओलीले चर्को टिप्पणी गर्छन् । अनि त्यति हल्का रुईसँग (प्रसाईं) ओलीले यस्ता गफ गर्लान् ? तपाइहरुलाई पत्यार लाग्छ ?’

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस