२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आरजु–शेरबहादुर संरक्षणमा ५० लाखमा भवन बनाएर १० करोड खाए: ८४ मा रवि-बालेनले जेल कोच्छन् -भिडिओ

Under Arzu-Sher Bahadur patronage, he built a building for 50 lakhs and ate 10 crores

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवा राणा संरक्षित ठेकेदारको प्रयोग गरेर कारोडौं भ्रष्ट्राचार गरेको दावी बाहिर आएको छ । जुम्लामा भएको एउटा विकास निर्माणको तथ्यसहित पेश गर्दै एक युवाले यस्तो खुलासा गरेका हुन् । उनी अति आक्रोशित बन्दै भिडिओ सार्वजनिक गरेका छन् ।’

जुम्लाको तिला गाउँपालिकामा बनिरहेको १० शैयाको अस्पतालको भवन निर्माणको क्रममा करोडौं भ्रष्ट्राचार भएको खुलासा उक्त भिडिओमा सुन्न सकिन्छ । चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काका श्रीमान चन्द्र खड्काको ठेक्का कम्पनी प्रयोग गरेर उक्त निर्माणका क्रममा ठूलो रकम भ्रष्ट्राचार गरेको दावी उक्त युवाको छ । चन्द्र खड्का पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवा राणा संरक्षित ठेकेदार भएको उनको दावी छ । चन्द्र खड्काको जेभी कम्पनीमा ठेक्का पारेर कमिसन खाएर फेरि काम गर्न जीवन रोक्कालाई काम गर्न ठेक्का सारिएको तथ्य उनले बाहिर ल्याएका छन् ।’

त्यसपछि आधा भवन निर्माण गरेर रकम कुम्ल्याएपछि आफ्नै पार्टीका केही कार्यकर्ता उभ्याएर स्थानीयले जग्गा दिएनन् भन्ने निहुँ पारेर निर्माण कार्यपनि ढिला गरे उनी अति भावुक हुँदै भिडिओमा भन्दै गरेको सुन्न सकिन्छ । जति निर्माण भएको छ, त्यसमा १० करोड खर्च भएको भनेर दावी गर्दै रकम लिएको तर यहाँ ५० लाखपनि खर्च भएको देखिन्न उनले भिडियोमा भनेका छन् ।’

उक्त अस्पतालको भवन कोरोना काल (२०७७ कात्तिक ३ गते) मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १० शैयाको हुनेगरी बजेट विनियोजन गरेर शिलान्यास गरेका थिए । तर अहिलेसम्म सम्पन्न नगरेर ठूलो भ्रष्ट्राचार गरे यी पापीहरुले कसरी देश बनाउँछन् युवा भक्कानिएका छन् । उनले ९ करोड ५० लाख भ्रष्ट्राचार गरेर ५० लाखको मात्र संरचना बनाएको दावी गरेका छन् ।’

तिला वडा नं. ३ मा पर्ने यो अस्पताल जुम्लावासीका लागि बरदान सावित हुन सक्थ्यो । उपचार नपाएर अकालमा ज्यान गुमाइरहेकाहरुका लागि जीवनदान हुनसक्थ्यो । उनले भनिरहेको सुन्न सकिन्छ । उनले अब जनताले जुत्ताको माला लगाउने बताएका छन् । स्थानीय सरकारपनि सुतेको, संघीय र प्रदेश सरकार त झनै निकम्बा भएको उनको दावी छ ।’

उनले सांसद ज्ञानेन्द्र शाहीप्रतिपनि आक्रोश व्यक्त गरेका छन् । यो विषयमा आवाज किन नउठाएको भन्दै ? प्रश्न गरेका छन् । उनले २०८४ मा रवि र बालेनले यस्ता भ्रष्ट सबैलाई जेलमा कोच्ने दावी समेत गर्छन् । रवि र बालेनले २०८४ मा बहुमत प्राप्त गरे शक्तिशाली सम्पत्ति सुद्धिकरण आयोग बनाएर यी भ्रष्ट सबै नेतालाई जेलमा जाक्नुपर्ने उनको तर्क छ । भिडिओमा हेर्न र सुन्न सक्नुहुन्छ ।’

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस