२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङकङसँग यूएई पराजित, तरपनि यसकारण नेपालसँग फाइनल खेल्ने

८ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी–२० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो । जवाफमा यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । दुबै टोलीको बराबर हार र जित बनेपछि रन रेटका आधारमा फाइनलमा आउने टोलीको टुंगो लगाइयो ।

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस