२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष यादवको निधन

Samajwadi Students Union Central Vice President Yadav passed away

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष सन्तोष यादवको निधन भएको छ ।

करिब डेढ महिनादेखि काठमाडौंमा उपचाररत यादवको मंगलबार राति पौने १२ बजे निधन भएको युवा नेता दीपक यादवले जानकारी दिए । ३८ वर्षीय यादव मंगलबार दिउँसो नर्भिक अस्पतालबाट वीर अस्पतालमा रिफर भएका थिए । यादवको वीर अस्पतालमा निधन भएको हो ।

अल्पायुमै भएको यादवको निधनले पार्टी र जसपा पार्टीलाई अपूरणीय क्षति भएको जसपाका नेता एवं परवानीपुर गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण साहले बताए । उनका अनुसार यादव आन्दोलनको जायज मागको अगुवाई, पार्टीप्रति लगनशील, इमानदार र सहयोगी भावनाका व्यक्ति थिए ।

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस