२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले झुक्यायो : निर्यात अनुमति रोकेपछि नेपालको दैनिक ५०० मेगावाट बिजुली खेर

Nepal wasted 500 megawatts of electricity every day after India blocked the export permit

८ कात्तिक, काठमाडौं । केही महिना अघि भारतले नेपाली विद्युत खरिद गरेको र नेपाललाई दैनिक नै करोडौं लाभ भएको सुखद खबरहरु अत्याधिक फैलिए । जतिबेला नेपालले अरु देशसँगपनि ब्यापार सम्झौता गर्ने तयारी गरेको थियो । तर भारतले कुटिल राजनीति खेल्दै नेपालको विद्युत आफैं खरिद गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी भ्रमणका बेला सम्झौता गर्यो । ‘

तर भारतले सम्झौता गरेर नेपाललाई हानी हुनेगरी सम्झौता कार्यन्वयन नगरेका उदाहरण कयौं छन् । नेपालको विद्युत विकासमा भारतले ठूला परियोजनाजति सम्झौता गरेर कब्जा लिएको छ । तर दशकौंसम्म काम एक पाइलापनि अघि बढाएको छैन । यस्तै भूराजनीति गरिरहेको देशलाई पत्याउने हाम्रा शासककै कमजोरी हो ।’

अहिले आएर भारतले फेरि विद्युतको क्षेत्रमा ढाँटेको छ । दशैंमा देश भित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा अत्यधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत् माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।’

तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरुबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ ।’

प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट हाल दैनिक करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सयदेखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति नपाउँदा अहिले दैनिक ५ सय मेगावाट हाराहारीमा विद्युत् खेर फाल्नुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।

यो भनेको नेपालको डलर फेरि काम नै नलाग्नेगरी दैनिक रुपमा कुहिइएको छ । अर्बौ, खर्बौ लगानी गरेर विद्युत उत्पान क्षेत्रमा लागेका नीजि लगानीकर्ता, शेयर किन्ने आम नागरिक र राज्यले नराम्ररी घाटा खाएको छ । ब्यापारका लागि एउटै देशमा मात्र निर्भर रहँनु हामी नेपालीको दुर्भाग्य हो । विश्व बजार एउटा ग्राममा फैलिएको छ तर हामी भारतसँग उर्जाको क्षेत्रमा परनिर्भर जस्तै छौं । यसले देशले घाटा त खेपेको छ नै आम नागरिकले सास्ति भोगेका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस