२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रञ्जु दर्शना जस्तै सागर ढकाल पानीको फोकासरी हराए

Like Ranju Darshana Sagar Dhakal lost in Nepali Politics

काठमाडौं । नेपाली नागरिकले राजनीतिमा नयाँ–नयाँ पात्र खोजिरहेका हुन्छन् । सामाजिक सञ्जालको द्रुत विकास र अत्याधिक प्रयोगसँगै केही नसोचिएका पात्रहरु राजनीतिमा उदाउन खोजे ।’

केही समयअघि काठमाडौंको मेयरकी उम्मेदवार रञ्जु दर्शना भुईबाट एकै पटक आकाश छुनेगरी उदाईन् । तर त्यो उदोउँदो क्रम पूर्णिमाको चन्द्रमा जस्तोपनि भएन । चन्द्रमा त उदाएपछि पूर्णिमासम्म चम्किलो हुन्छ, केही समय हराउँछ र फेरि चम्किएर आउँछ । तर रञ्जु दर्शनाका हकमा त्यस्तो हुन सकेन । ‘

कुनै समय भन्न थालिएको थियो । “मेरी छोरीलाईपनि रञ्जु जस्तै बनाउँछु । छोरी तिमी रञ्जु जस्तो हुनुपर्छ ।” उनको सामाजिक सञ्जालमा आउने गरेका भाषण हेरेर मानिस मन्त्रमुग्ध हुन्थे । तर त्यो चाँडै पानीको फोकासरी हराएर गयो ।’

आज सागर ढकाल त्यस्तै भएका छन् । गत चुनाव आसपास सर्वाधिक चर्चाका शिखरमा थिए सागर ढकाल । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई टक्कर दिन विश्वको उत्कृष्ट विश्वविद्यालयमा पढेका युवा डडेल्धुरा पुगे । सामाजिक सञ्जालमा उनका लागि लेखिएका शब्द र तस्बिरले पुरै छापिने गर्दथ्यो ।

मिडियालेपनि राम्रै स्थान दिएका थिए । चुनाव सकिएसँगै सागर ढकाल हराए । पराजित भएपछि भनेका थिए, “यो अभियान हो । पराजयसँगै अभियान मर्दैन ।” अब युवाहरुको हातमा राज्यको शासन जानुपर्छ भन्ने अभियान निरन्तर चल्नेछ । “म डडेल्धुराबाट नै यो शंखघोष गर्न चाहान्छु ।” यसैले म यहाँ बारम्बार आउने छु । तर उनको उद्घोष बोलिमा मात्र सिमित रह्यो ।’

उनी डडेल्धुरामा अहिलेपनि सक्रिय रुपमा अभियान चलाइरहेको वा अन्त कतै आफूलाई राजनीतिमा सक्रिय राखेको भन्ने देख्न पाइएको छैन । तपाईहरुले देख्नुभएको छ भने हाम्रा पाठकले खोज्नुभएको छ भनिदिनुहोला ।’

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस