२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन, बैंकिङ क्षेत्रले अभिभावक गुमायो

Everest Bank Chairman Shrestha passed away

 

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष एभरेष्ट बैंकका अध्यक्ष बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएको छ ।

लामो समयदेखी राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको ६ गते सोमबारनै निधन भएको स्रोतले बताएको छ । श्रेष्ठको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको बताइएको छ ।

९४ वर्षिय श्रेष्ठ एभरेष्ट बैंकको लामो समयदेखी अध्यक्ष रहेका थिए । हक्की स्वभावका श्रेष्ठ जिवनको अन्तिम अवस्थासम्म पनि बैंक अरूलाई सुम्पेनन् । बैँक स्थापनादेखी जिवनको अन्तिम अवस्थासम्म कुशल नेतृत्व गर्न सफल श्रेष्ठले बैंकलाई विदेशी ज्वाइन भेञ्चर भित्र्याएर नेपाली बजारमा अब्बल बैंक बनाएका थिए ।

श्रेष्ठले एभरेष्ट बैंकमा मात्र होइन ज्वाइन भेञ्चर पञ्जाव नेसनल बैंकमासमेत प्रभुत्व जमाएका थिए । स्व. श्रेष्ठका २ छोरी र एक छोरा रहेका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस