२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ युट्युबमा लिक, निर्मातालाई ठूलो क्षति

Dayahang and Miruna's film 'Jari' leaked on YouTube

काठमाडौं । अभिनेत्री मिरुना मगर र अभिनेता दयाहाङ राईको बहुप्रतिष्ठित फिल्म जारी युट्युबमा लिक भएको छ । हलमा शानदार ५१ दिन मनाएको फिल्म ज्योती हाङ भ्लग नामको साधारण युट्युब च्यानलले लिक गरिदिएको छ । ‘

दृष्य कमजोर भएपनि आवाज भने राम्रो छ । केही घण्टामा नै लाखौंले हेरिसकेका छन् । अधिकांश विदेशमा रहनेले हेरेका छन् । प्रतिक्रियामा केहीले धन्यवाद दिएका छन् भने केही पक्राउ खान्छौ भनेर कानूनी चेतवानी दिएका छन् । यस वर्षको वैशाख १ गतेबाट यो फिल्म विश्वभरि रिलिज भएको थियो ।’

जारीप्रथाको कथावस्तुमा आधारित फिल्मको शीर्ष भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय छ । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्माता रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्ममा विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतको पनि अभिनय छ । सम्बन्धको उतारचढाव र छोरी मान्छे कसरी जालमा पर्छिन् भन्ने कुरालाई फिल्ममा विम्बात्मक रुपमा प्रयोग गरिएको छ । गैर कानूनी काम भएकाले हामीले उक्त भिडियो लिंक गरेका छैनौं ।’

लाखौंले हेरिसकेपछि कपी राइट क्लेम गरेकाले भिडियो युट्युबले डिलिट गरेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस