२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

व्यवसायी शिव घिमिरेले ३ अर्ब लगानीमा नेपालमै विद्युतीय कारदेखि मोटरसाइकल उत्पादन गर्दै

Businessman Shiva Ghimire is producing electric cars and motorcycles in Nepal with an investment of 3 billion

काठमाडौं । नेपालमै एकै पटकमा एउटै उद्योगबाट विद्युतीय चार पाङग्रे सवारीदेखि मोटसाइकल तथा आइसी इन्जिनयुक्त सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। बाराको सिमरामा उद्योग स्थापना गर्ने गरी उद्योग दर्ता भएको हो।

तीन अर्ब रुपैयाँको लगानीमा उद्योग खोल्ने गरी उद्योग विभागमा दर्ता भएको छ। उद्योग विभाग स्रोतका अनुसार ग्यास व्यवसायीका रुपमा चर्चा कमाएका व्यवसायी शिव घिमिरेले नेपालमै विद्युती सवारी मोटरसाइल, स्कुटर, कार, जिप, बस लगायतका सवारी उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्। उद्योग स्थापनाका लागि आवश्यक जग्गासमेत लिइसकेको व्यवसायी घिमिरेले बताए।

घिमिरेले अहिले मोटरहेडको मोटरसाइकल व्यापार गर्दै आएका छन्। घिमिरेको आधा दर्जनभन्दा बढी ग्यास उद्योग सञ्चालनमा छन्। घिमिरेले अक्सिजन ग्यास उद्योगसमेत सञ्चालन गरिरहेका छन्। यसबाहेक घिमिरेले हाइड्रोमा समेत लगानी गर्दै आएका छन्।

घिमिरेले बाराको सिमरामा ३२ बिघा जग्गा खरिद गरेर राखेका छन्। सो जग्गामा अन्य उद्योगसहित सवारी एसेम्बलसमेत गर्ने योजना उनको छ। सवारी उद्योगका लागि संयुक्त उक्रमका लागि छलफल भइरहेको उनले बताए। घिमिरेले वार्षिक २१ सय वटा विद्युतीय मोटरसाइकल, स्कुटर, ६ सय चारपांग्रे विद्युती कार (एसयूभी) र १२ सय वटा तिन पांग्रे सवारीसमेत उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्।

यसैगरी उद्योगबाट वार्षिक १ सय २० वटा विद्युतीय बस, पेट्रोलबाट चल्ने मोटरसाइकल १० हजार ५ सय, पेट्रोलबाट चल्ने ३ पांग्रे १५ सय वटा, पेट्रोल–डिजल इन्धन कार–जिप ६ सय वटा र ६ पांग्रे ठूला सवारी वार्षिक ७ सय ५० वटा उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका छन्। उद्योगले ४ सय ३१ जनालाई रोजगारी दिने र २ हजार ५ सय केभी विद्युत खपत हुने दर्ता विवरणमा उल्लेख छ।

 

 

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस